बर्दियामा नयाँ शक्तिको ५ महिने अभियान


बाँसगढी (बर्दिया) – नयाँ शक्ति पार्टी, नेपाल बर्दिया जिल्ला समन्वय समितिको पूर्ण बैठकले जिल्लाका सबै स्थानीय तहहरुमा ५ महिने संगठन विस्तार विशेष अभियान संचालन गर्ने निर्णय गरेको छ ।




शनिबार गुलेरियामा सम्पन्न बैठकले बिपिन पौडेलको संयोजकत्वमा १३ सदस्यीय जिल्लाको विशेष अभियान परिचालन समिति गठन गरी पार्टीको सांगठनिक कामलाई तीव्रता दिने निर्णय गरेको हो । विशेष अभियान परिचालन समितिमा नैनसिंह ओली, चनक थारु, मोहनलाल चौधरी, रामकुमार चौधरी, राज कुमार यादव, दामोदर डोटेल, दिलिप पंगेनी, देवी प्रसाद पौडेल, हसिन अलि मनियार, आशा सञ्जेल, लिला भट्टराई र नर बहादुर बोहोरा रहेका छन् । 

त्यस्तै बैठकले जिल्ला समन्वय समिति पुनर्गठन गरी ६१ सदस्यीय समिति बनाएको छ भने १९ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको छ । बैठकले विभिन्न सांगठनिक निर्णयहरु गर्दै आर्थिक विभाग प्रमुखमा नारायण पौडेल, प्रचार विभाग प्रमुखमा ई. कृष्ण पौडेल एवं प्रशिक्षण विभाग प्रमुखमा मोहनलाल चौधरीलाई चयन गरेको जिल्लाका अभिप्रेरक केशव पौडेलले जानकारी दिए ।




बैठकलाई सम्बोधन गर्दै नयाँ शक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य एवं प्रदेश नं. ५ का प्रवक्ता मनिकर कार्कीले देशलाई विकास र समृद्धिको दिशामा अग्रसर गराउँदै नागरिकको दैनिकी फेर्ने गरी उपलब्धि हासिल गर्न वैकल्पिक राजनीति अपरिहार्य रहेको बताए ।

उनले नयाँ शक्तिले मात्रै अबको युगको आवश्यकता र नयाँ पुस्ताको मनोभावना अनुसार देशलाई प्रगतिपथमा लैजाने दाबी गरे ।त्यस्तै बैठकलाई सम्बोधन गर्दै पार्टीका जिल्ला अभिप्रेरक केशव पौडेल, संयोजक मोहनलाल चौधरी, विपिन पौडेल, दिलिप पंगेनी, नर बोहरा, तीर्थ बहादुर चन्दलगायतले नयाँ शक्तिको विचारलाई घरघरमा पुर्याउनु पर्ने बताए । 




सम्बन्धित
Loading...