मगर चलचित्रकर्मी संघ नवलपुरमा चेतन रजाली



प्रेमध्वज गाहा ।
कावासोती ।




नेपाल मगर चलचित्रकर्मी संघ पूर्वी नवलपरासीको प्रथम अधिबेशनबाट चेतन रजाली मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
कावासोतीमा सम्पन्न अधिबेशनले नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा अमर घर्ती मगर चयन भएका छन् ।
त्यस्तै सचिवमा उमा घर्ती, कोषाध्यक्षमा कोटबहादुर बाचे मगर र सहसचिवमा कमला मिधुन मगर चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा दिपेन्द्र थापा मगर, कृष्ण राना मगर, कमल सूर्यवंशी मगर, दुर्गा सुनारी मगर, ओमकुमारी लुँगेली, योगमाया कानुङ, लेखबहादुर बाचे, फुलमाया पुर्जा, बिष्णु थापा मगर र वविन गाहा मगर चयन भएका छन् ।
कार्यसमिति चयन हुनु अघि सम्पन्न औपचारिक कार्यक्रममा नेपाल मगर चलचित्रकर्मी संघ पूर्वी नवलपरासी तदर्थ समितिका अध्यक्ष चेतन रजाली मगरको अध्यक्षता रहेको थियो । नेपाल मगर चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष युवराज मास्की रानाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य सन्तोष पिठाकोटे मगर, नेपाल मगर संघ पूर्वी नवलपरासीका अध्यक्ष इन्द्र फाल मगर , सँगठन सचिव शत्रुघन थापा मगर लगायतको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले आगामी दिनमा अझ राम्रा र स्तरीय चलचित्र बनाउनुपर्ने आवश्यकता रहेको बताएका थिए ।







सम्बन्धित
Loading...