सविधानको पुर्नलेखन गर्नुको विकल्प छैन

37







बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय अध्यक्ष खड्गप्रसाद पालुङ्वाले सविधानको पुर्नलेखन गर्नुको विकल्प नभएको बताउनु भएको छ ।

संशोधनले मात्रै जनताका भावनालाई समेट्न नसक्ने भन्दै बहुजातीय समाजलाई समेट्नका लागि संविधानलाई पुर्नलेखन गरेर पहिचाननका मुद्दालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश नं पाँचको प्रथम अधिवेशनको उद्घाटन् गर्दै पालुङ्वाले सो कुरा बताउनुभएको हो । उहाँले समावेशी र समानुपातिक मर्मलाई बंग्याउँदै दलहरुले दलीय समानुपातिक प्रणाली बनाएको आरोप लगाउनु भयो ।

‘समावेशी र समानुपातिक प्रणाली जनताले महसुस गर्न नपाएकोमा दुःख लागेको छ, दलहरुले यसलाई दलीय भागबण्डामा सिमित राखे’ उहाँले भन्नुभयो । सो अवसरमा राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रिय उपमहासचिव टोप अस्लामी, सचिव बालकृष्ण खनाल, केन्द्रिय सदस्य तथा भूपू सैनिक अध्यक्ष क्या. भीम बहादुर राना, नेपाल कम्युनिष्ट पार्टीका महाधिवेशन प्रतिनीधि नारायण भट््टराई, नयाँ शक्ति पार्टी नेपाल प्रदेश पाँच संगठन विभाग प्रमूख यज्ञ पोखरेल, विवेकशिल साझाका प्रदेश पाँच सचिवालय सदस्य हरिकृष्ण अधिकारी लगायतले बोल्नु भएको थियो ।

पार्टीका केन्द्रिय उपाध्यक्ष एवं प्रदेश पाँच इन्चार्ज डा. हाजी मोहमद हसनको अध्यक्षतामा भएको कार्यक्रम केन्द्रिय उपाध्यक्ष तथा महिला इन्चार्ज होमाया गुरुङको स्वागत तथा सचिव केवी पुनको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रम अघि बुटवलमण्डपबाट ¥याली सहित बुटवल नगर परिक्रमा गरेर मिडियाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

दुइदिनसम्म चल्ने अधिवेशनको बन्दशत्र मंगलापुर पार्टी कार्यालयमा हुने पार्टीले जानकारी दिएको छ । अधिवेशनका लागि प्रदेश पाँचको १२ जिल्लाबाट ३०० प्रतिनिधि तथा प¥यवेक्षक सहभागी हुँदै छन् ।

You might also like
Loading...