क्रान्तिकारी माओवादीको प्रदेश वैठक पोखरामाः जेठमा प्रदेश सम्मेलन गर्ने

83







सागर सुवेदी
पोखरा । नेकपा क्रान्तिकारी माओवादीको प्रदेश वैठक पोखरामा बसेको छ ।
वैठकले जेठ महिनामा प्रदेश सम्मेलन गर्ने गरी प्रदेश सेक्रेटरी श्रीनाथ अधिकारीको अध्यक्षतामा सम्मेलन आयोजक कमिटि गठन गरेको सहसेक्रेटरी अशोक लम्साल अनुकलले बताए ।
प्रदेश सेक्रेटरी श्रीनाथ अधिकारीको अध्यक्षतामा भएको वैठकमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष एवम् नेकपा क्रान्तिकारी माओवादीका स्थायी कमिटि सदस्य सिपी गजुरेल गौरवले प्रशिक्षण दिएका थिए ।
प्रदेश सदस्यहरुको प्रशिक्षणमा बोल्दै उनले
अब पार्टीले गर्ने संघर्षले आफ्नो पार्टीलाई संसदीय व्यवस्थाको वैकल्पिक शक्तिको रुपमा स्थापित गर्ने दावी गरे ।
त्यसैगरी वैठकले प्रदेश ४ को सबै जिल्लाको पार्टी जिल्ला सम्मेलन प्रदेश सम्मेलन अघि सक्ने निर्णय गरेको लम्सालले वैठकमा सहभागी अर्का केन्द्रिय सदस्य नारायण अधिकारीले बताए ।
त्यसैगरी फाल्गुन १ गते प्रत्येक जिल्लामा युवा मार्चपास सहित जनयुद्ध दिवस मनाउने, चैत्र २४ गते काठमाडौंमा हुने देशभक्त जनगणतान्त्रिक मोर्चाको राष्ट्रिजमोको राष्ट्रिय सम्मेलनमा व्यापक जनसहभागिता गराउने लगायतको निर्णय गरेको छ ।

You might also like
Loading...