मोटरलाईकलको ठक्करबाट मृत्यु

0 15







दाङ, पुस १ । दाङमा मोटरसाईकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

बवई गाउँपालिका वडा नं. ७ निवासी अन्दाजी ५८ बर्षीय नेत्रबहादुर बुढाथोकीको मोटरसाईकलको ठक्कर बाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तर ठक्कर दिने मोटरसाईकल भने रातभर खोज्दा भने फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवं डिएसपी पे्रमबहादुर शाहीले जानकारी दिए ।

पैदल हिडिरहेका बुढाथोकीलाई अल्फावेट खुल्न नसकेको मोटरसाईलकलले दुधेनामा शनिवार साँझ सवा ९ बजेतिर ठक्कर दिएको थियो ।

बुढाथोकीलाई उपचारका लागि राप्ती अंचल अस्पताल तुलसीपुर पुर्याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए । त्यस्तै अर्को एउटा ट्रेक्टर दुर्घटनामा परेका २ जनालाई प्रहरीले उद्धार गरेको छ । रा १ त २७१२ नम्वरको ट्रेक्टर दुर्घटना हुँदा च्यापिएका चालक अमृत थकाली र सहचालक प्रेमबहादुर गुरुङको उद्धार गरि राति नै राप्ती अंचल अस्पतालमा पुर्याएको प्रहरी जानकारी दिएको छ ।

शनिवार बेलुका सवा ८ बजेतिर तुलसीपुर ७ मा ट्रेक्टर दुर्घटना हुँदा च्यापिएका उनीहरुलाई राति १० बजेतिर उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ । \

You might also like
Loading...