जनप्रर्दशन पछि जनप्रतिरोध

39








बुटवल ः नेकपा (क्रान्तिकारी माओवादी ) ले प्रदेश नम्बर ५ मा जनप्रर्दशन
गर्ने तयारी गरेको छ । पहिलो चरणमा जनप्रर्दशनमा जुटेको क्रान्तिकारी
माओवादीले त्यस कार्यक्रम पछि जनप्रतिरोधको तयारी गरेको स्रोतले जनाएको छ
। प्रदेश नम्बर पाँचको निर्णय अनुसार पहिलो चरणमा पौष १० गते पाँच नम्बर
प्रदेश अन्तरगतका १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने तयारी गरेको हो ।
क्रान्तिकारी माओवादीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी
भष्ट्रचारी तस्करी दलाली र बलात्कारको बिरोधमा प्रर्दशन गर्ने तयारी
गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रमोदले बताउनुभयो ।
उहाँका अनुसार सिमा अतिक्रमणको बिरुद्ध पश्चिम नवलपरासीको सुस्ता,
कपिलबस्तुको महलसागर बाँध र बाँकेको लक्ष्मणपुरमा बिरोध प्रर्दशन गर्ने
कार्यक्रम रहेको छ भने प्रदेश अन्तरगतका सबै जिल्लामा जनप्रर्दशन समेत
गरिनेछ । त्यस्तै प्रदेश अन्तरगतमा जिल्ला समितिहरुको बैठक बसेर जिल्ला
जिल्लामा कार्यक्रम तय भएको सेक्रेटरी प्रमोदले जानकारी दिनुभयो । उता
नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले
सुस्तामा आयोजना गरिने बिरोध कार्यक्रमको तयारी थालेको बताउनुभयो ।
त्यस्तै रुपन्देही जिल्ला समितिले पुष १० गते बुटवलमा जनप्रर्दशन गर्ने
भएको छ । सो कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केबी गुरुंगले सम्बोधन
गर्ने र सुस्ताको कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर आचार्यले सम्बोधन
गर्ने सो पार्टीले जनाएको छ । त्यस्तै गुल्मी अर्घाखाँची पाल्पा बर्दिया
दाङमा समेत प्रर्दशनको तयारी गरिएको जनाइएको छ ।  त्यस्तै बैद्य
माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा
समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ  । जनप्रर्दशन पछि
स्थानीय तहमा भएका भष्ट्रचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै
जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ । क्रान्तिकारी माओवादीको
मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना
मुताबिक प्रर्दशनको तयारी गरिएको थियो ।

You might also like
Loading...