कपिलवस्तुको शिवराज नगरपालिकामा नवौँ माघी खिचडी महोत्सव हुने

33







राम अवतार चौधरी
चन्द्रौटा कपिलवस्तु ८ पौष ।

थारु समुदायको माघी खिचडी नजिकिँदै गर्दा थारु कल्याणकारी सभाले कपिलवस्तुमा हुना लागेको महोत्सवको तयारीका लागि १ सय १३ मूल कार्य समिति गठन गरेको छ ।

हिजो जिल्लाको बुद्धभुमि न पा २, गोरूसिंगे स्थित थाकसको प्राङ्गणमा बसेको बैठकले शिवराज नगरपालिकामा नवौँ माघी महोत्सव २०७५ माघ २,३ र ४ गते शिवराज नगरपालिकामा लगाउने निर्णय गरेको हो ।

थारु कल्याणकारी सभाको कपिलवस्तु जिल्ला संयोजक उमा शंकर थारुको संयोजकत्वमा बसेको बैठकले महोत्सवलाई भव्य र सभ्य सफल बनाउन मूल समिति गठन गरेको छ । जसको समितिका सहसंयोजकमा बाणगंगा नगरपालिका ५ का महादेव थारु, सहसंयोजकमै महिला सभापति मञ्जु थारु र अर्का सह संयोजकमै शिवराज नगरपालिकाबाट सुमन थारु रहेका छन् ।

यसैगरी सदस्यहरूमा कपिलवस्तु जिल्ला कार्य समितिका पदाधिकारी ९१० जना, जिल्ला सल्लाहकार सदस्यहरू, इकाई सभाका सभापतिहरू ९१९ जना, उपसमितिका संयोजक तथा सदस्यहरू ९७७ जना रहेका छन् । त्यसैगरी कपिलवस्तु जिल्लाका महिला सभाका पदाधिकारी तथा सदस्यहरू र जिल्ला युवा सभाका पदाधिकारी तथा सदस्यहरू रहेको आयोजक कमिटीले बताएको छ ।

यसैबीच थारु समुदायको महान चाँड अर्थात् नयाँ बर्ष माघी खिचडी को अवसरमा कपिलवस्तु जिल्ला अन्तर्गत समग्र थारु समुदायको संस्कृति, भेषभुषा, रहनसहन रितिरिवाज वा परम्परालाई सम्प्रेषण, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले नवौँ माघी खिचडी महोत्सव आयोजना गर्न लागेको थारु कल्याणकारी सभाको केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बताए ।

उक्त माघी महोत्सव सम्बन्धि छलफल, निर्णय तथा आवश्यक जिम्मेवारी प्रदान गर्न स्थानीय कमिटी लगायत विभिन्न कार्य समिति गठन गर्न शिवराज नगरपालिका ५, चन्द्रौटामा यहि पौष १० गते बस्ने निर्णय गरेको थाकसको जिल्ला सभापति उमा शंकर थारुले जानकारी गराएका हुन् ।

You might also like
Loading...