सकियो काँग्रेस महासमितिको वैठकः ओली सरकार विरुद्ध आन्दोलनमा उत्रिने काँग्रेस सभापति देउवाको कार्यकर्तालाई निर्देशन

49








काठमाडौं  ८ पुस ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

पुस १६ गते राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर आन्दोलनको कार्यक्रम घोषणा गर्ने कांग्रेसको तयारी छ ।

सरकारले निरंकुशता लाद्न खोजेको भन्दै उनले पार्टीभित्रका असहमति थाति राखेर सरकारविरुद्ध लड्नुपर्ने बताए । १० दिन लामो महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले भने, भने, ‘ओली सरकार आज बद्मासी गर्दैछ, निरंकुशता लाद्न खोजिरहेको छ । यसको विरुद्धमा आन्दालेन गर्ने दिन आउँदैछ, सब साथीहरु तयार हुनुपर्छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले महासमिति बैठकबाट काँग्रेस एकतावद्ध भएको दावी गरे ।

मंसिर २९ गतेबाट सुरु भएर आइतबार सकिएको महासमिति बैठकले वधान पारित गरेको छ, जसअनुसार अब १४ पदाधिकारी हुनेछ । सभापति, दुई उपसभापति, दुई महामन्त्री र ८ सहमहामन्त्री महाधिवेशनबाट चुनिनेछन् भने कोषाध्यक्ष मनोनित हुनेछ ।

१५ बुँदे समसामयिक प्रस्ताव पारित

विधान संशोधन विधेयक सर्वसम्मतिले पास गर्दै नेपाली का‍ंग्रेसको महासमिति बैठक सकिएको छ । महासमिति बैठकमा आएका सुझावहरूलाई समेट्न केन्द्रीय कार्यसमितिलाई दिने निर्णय भएको छ ।

बैठकले कांग्रेसको राजनीतिक,आर्थिक, महामन्त्रीको संगाठनिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मतिले पास गरेको छ।

गते मङ्सिर २९ गतेबाट सुरु भएको काँग्रेस महासमिति बैठक विधानमा सहमति नजुट्दा लम्बिएको थियो।

महासमितिबाट कांग्रेसले १५ बुँदे समसामयिक प्रस्तावसमेत पारित गरेको छ ।

कांग्रेसमा आरक्षणको नयाँ नीति : अब एक तहमा एकचोटि मात्रै

जिल्ला सभापतिहरुले विधान नै पास नगर्ने चेतावनी दिएपछि कांग्रेस नेतृत्वले आरक्षण कोटाबारे नयाँ नीति अगाडि सारेको छ । यो नीति लागू भएमा अब एउटा तहमा एकपटक मात्रै आरक्षण दिइने र केन्द्रीय सदस्यहरुले पनि तलैबाट निर्वाचित भएर आउनुपर्ने छ । कार्यकर्ता स्तरबाट आएको यो मागलाई सम्बोधन गरिने सभापति शेरबहादुर देउवाले वाचा गरेका छन् ।

१० दिन लामो महासमिति बैठकको अन्तिम दिन आइतबार अपराह्न एकपछि अर्को प्रतिवेदन पास भइरहेको थियो ।

विधान संशोधन मस्यौदा समितिमा बहुसंख्यक नेताहरुले एक तहमा एक पटक मात्र आरक्षण हुनुपर्ने तर्क राखेका थिए । तर, सभापति देउवानिकट मानबहादुर विश्वकर्मा र फर्मुल्लाह मन्सुरले विरोध गरे ।

केन्द्रीय कार्यसमितिमा बहुसंख्यक नेताहरु अनुमोदित हुनका लागि तल जाने र एक तहमा एकपटक मात्रै आरक्षण पाउने व्यवस्थाको विपक्षमा उभिएपछि विधान संशोधन समिति पछि हटेको थियो ।

तर, जिल्ला सभापतिहरुले हस्ताक्षर अभियान चलाउनुका साथै अन्तिम दिन विधान नै रोक्ने चेतावनी दिएपछि कांग्रेस नेतृत्व दुबै माग सम्बोधन गर्न तयार भएको स्रोतले बतायो ।

धर्मको विाष्यमा पाढ पढाइरहनु पदैन

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले धर्मको विषयमा आफूहरुलाई कम्युनिस्टले पढाउन जरुरी नभएको बताएका छन् ।

महासमिति बैठकको अन्तिम दिन आयोजित पत्रकार सम्मेलनमा उनले धर्मको विषयमा कम्युनिस्टले कांग्रेसलाई सिकाउन जरुरी नभएको बताएका हुन् ।

शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेपाली कांग्रेसले आफ्नो विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने बताएका छन् । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले बैठकबाट पारित विधानलाई नेकपा र अन्य दलहरुले पनि पछ्याउने दावी गरेका हुन् ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारमाथि भ्रष्टाचार संस्थागत गरेको गम्भीर आरोप लगाएको छ । कांग्रेसको महासमिति बैठकले सरकारको अधिनायकवादी आकांक्षा पूरा हुन नदिने अठोटसमेत गरेको छ ।

कांग्रेस महासमिति बैठकले ओली सरकार लम्पसारवादी बाटोमा हिँडेको र राज्यको साधन र स्रोतको व्यापक दुरुपयोग गरिरहेको कांग्रेसको निश्कर्ष छ ।

You might also like
Loading...