माओ दिवसमा कावासोतीमा अन्तरक्रिया






कावासोती, ११ पुस । १२६ औं माओ दिवसको अवसरमा बुधबार कावासोतीमा अन्तरक्रिया गरिएको छ ।
नेकपा क्रान्तिकारी माओवादीको आयोजनामा पार्टी कार्यकर्ताहरुबीच अन्तरक्रिया गरिएको हो ।
कावासोतीमा भएको अन्तरक्रियामा कार्यक्रममा सहभागीहरुले माओको सिद्धान्तलाई समय अनुसार प्रयोग गर्दै जान नसकिएकोमा चिन्ता व्यक्त गरेका थिए ।
पार्टीका केन्द्रिय सदस्य अशोक लम्साल अनुकुलले कार्यक्रममा सहभागीहरुलाई पार्टीले लिएको नयाँ निर्णयहरुको बारेमा जानकारी गराएका थिए ।
जिल्ला सेक्रेटरी उत्तम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नारायण पंगेनीले गरेका थिए ।







सम्बन्धित
Loading...