राष्टिय एकता तथा मेलमिलाप दिवस

108












कमला राना मगर,
कावासोती ।


नेपाली कग्रेसका महमन्त्री शशांक कोइरालाले मेल मिलाप दिवस दिवसमा मात्रै सीमित रहेको गुनासो गरेका छन् ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा सोमबार कावासोतीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टी भित्र आपसमा मिलेर जानुपर्ने अवस्था आएको बताउँदै काँग्रेस मिलेर गएमा कहिल्यै नहार्ने दावी गरे ।
उनले पार्टी भित्रैकै अन्तरकलहका कारण अघिल्लो निर्वाचनमा पराजय भोग्नु परेको बताए ।
महामन्त्री कोइरालाले विपिको परिकल्पना नयाँ पुस्तासम्म हस्तान्तरण गर्दै लैजानुपर्ने अवस्था आएको बताउँदै विपीको चिन्तन, आदर्श र मूल्य मान्यता अनुसार काँग्रेस अगाडि बढनुपर्नेमा जोड दिए ।
गत स्थानीय निर्वाचनमा माओवादीलाई सहयोग गरी काँग्रेसले ठूलो भुल गरेको र यसमा सभापति शेरबहादुर देउवाले गलत निर्णय गरेको महामन्त्री कोइरालले आरोप लगाए ।
नेपाली कग्रेस नवलपरासी जिल्ला सभापति एवम् गण्डकी प्रदेश सांसद विष्णु लामिछानेको सभापतित्वमा कार्यक्रम भएको थियो ।
यसैगरी गण्डकी प्रदेश सांसद एव विपक्षी दलका नेता कृष्ण चन्द्र नेपाली, सांसद एवम् सचेतक ओमकला गौतम, संघीय सांसद सत्य नारायण खनाल, पूर्व सांसद महेन्द्रध्वज जिसी, केन्द्रीय पार्टी प्रतिनिधि सुरेन्द्र पाण्डे, लगायत महासमिति सदस्यहरु, भातृ संगठन एव शुभेच्छुक सस्थाका प्रमुख एव प्रतिनिधिहरु, जिल्ला एव नगर स्तरीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रम सचिव बालकृष्ण घिमिरेले सचालन गरेका थिए ।



You might also like
Loading...