वाइडबडी घोटला लुकाउने सरकारले ढाकछोप आयोग बनयोः पौडेल

80












एजेण्डा मिले मात्र पार्टी एकता हुन्छ हात समाउँदैमा पार्टी एकता हुँदैन

अर्जुन अविरल
नवलपरासी, २२ पुस ।



नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न लागि परेको बताएका छन् ।
उनले लेखा समितिले बुझाएको प्रतिवेदन संसदमा प्रस्तुत नहुँदै बाहिर आउनु र त्यसको लागि छानविन गर्न उपसमिति गराएर ढाकछोप गर्न खोजेको आरोप लगाए । उनले भने यो छानविन समिति होइन, कुनै आयोग होइन, यो त ढाकछोप आयोग हो ।
उनले छानविनका लागि संसदीय समिति बनाउनु पर्नेमा जोड दिए ।
अहिलेको सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको भन्दै उनले कम्युनिष्ट सरकारलाई भ्रष्टचारी नै भ्रष्टचारीको सरकार भएको बताए ।
आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको सूर्यभक्त पतनादेवी स्मृति राष्टिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले पार्टीलाई मजबुद गराउन शीर्ष नेताहरु मिलेर, एकता गरेर जानु पर्नेमा विकल्प नभएको जोड दिए पनि नेता पौडेलले भने हात मिलाउँदैमा पार्टी एकता नहुने बताए ।
उनले भने के मा एकता हो त्यो प्रष्ट हुन पर्यो, एकताको एजेण्डा प्रष्ट हुन पर्यो जबरजस्ती हात उठाउन लगाउँदैमा सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ।
उनले भने एकता हुनका लागि एजेण्डामा विषयमा कुरा मिल्यो भने एकता हुन्छ मिलेन भने एकता हुन्न । मैले भन्दै आएको कुरा यही हो ।
उनले एकता गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवाको हातमा रहेको बताए ।
उनीले शीर्ष नेताहरु मात्र मिलेर नहुने जिल्ला जिल्लामा पनि जिल्ला तहका नेताहरुमा एकता हुनु पर्नेमा जोड दिए ।
उनले कतिपय महासमितिबाटै काँग्रेस सक्किने भयो भनेर मौका पर्खिएर बसे पनि आफूले त्यसो हुनबाट रोकेको र कार्यकर्ताहरुमा उत्साहा थपिएको बताए । उनले पत्रकारहरु प्रति पनि आक्रोश पोख्दै पत्रकारहरुले राम्रा कुरा प्रचार नगरेर नराम्रो कुरा मात्रै प्रचार गर्ने गरेको आरोप समेत लगाए ।
प्रेस युनियन नवलपुरका सभापति विरेन्द्र पराजुलीको सभापतित्वमा पुरस्कार वितरण कार्यक्रममा चार जना पत्रकारलाई सम्मान गरिएको थियो ।
प्रजातन्त्रका सेनानी, नेपाल किसान संघका संस्थापक अध्यक्ष एवं नवलपुरका अग्रज राजनीतिज्ञ सूर्यभक्त अधिकारीको स्मृतिमा उनका जयेष्ठ सुपुत्र मदनभक्त अधिकारीको सहयोगमा अक्षयकोषको स्थापना गरिएको हो ।
नेपाल प्रेस युनियन नवलपुरले आइतबार पत्रकारहरु पोषण के। सी।, वसन्त प्रकाश उपाध्याय, पुरुषोत्तम सुवेदी र गणशेखर शर्मालाई पुरस्कृत गरेको हो ।
यूनियनद्वारा स्थापित यस पुरस्कारबाट पत्रकारहरुलाई ताम्रपत्र, दोसल्ला र नगदबाट पुरस्कृत गरिएको थियो ।
पुरस्कार स्थापनाको लागि सूर्यभक्तका सुपुत्र एवं नेपाली काँग्रेसका नेता मदनभक्त अधिकारीले ५ लाख रुपैयाको अक्षयकोषको स्थापना गरेका थिए ।



You might also like
Loading...