स्थायी राजधानी र प्रदेशको नामाकरणको माग गर्दै बुटबलमा काँग्रेसको शक्तिप्रदर्शन


बुटवल । प्रदेश नं. ५ को स्थायी राजधानी र नामाकरणको माग गर्दै नेपाली कांग्रेसले आज बुटवलमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेसका नेताहरुले लुम्बिनी क्षेत्रले विश्वभर शान्ति र सद्भाव फैलाउने काम गरिरहेको भन्दै लुम्बिनीको अवमूल्यन नगर्न आग्रह गर्दै छिटै स्थायी राजधानी र नामाकरण गर्न दवाव दिएको हो ।




कांग्रेस रुपन्देहीले बुटवलमा आयोजना गरेको खबरदारी सभामा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय संसद्का प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देहीले मुलुकलाई नै एकताको सन्देश दिने बताए।

विश्वले मान्ने बुद्ध जन्मस्थल लुम्बिनीलाई मान्दिन भन्नु बुद्धकै अपमान हुने उहाकोे तर्क थियो । रुपन्देही मुलुककै आर्थिक केन्द्रको रुपमा विकास भइरहेको भन्दै उहाले यो प्रदेशको केन्द्र पनि रुपन्देही नै हुने उनले बताए।




अर्का केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले कम्युनिष्टहरुबाट मुलुकलाई खतरा रहेको दाबी गर्दै ५ नम्बर प्रदेशका जनताले प्रदेशलाई टुक्राउनबाट जोगाएको स्मरण गर्दै उहाले ५ नम्बर प्रदेशको राजधानी बुटवल नै उपयुक्त रहेको तर्क गरे।

सो खबरदारी सभामा नेताहरु देवेन्द्र राज कण्डेल, कांग्रेस प्रदेश ५ संसदीय दलका नेता बलदेव शर्मा पोखरेल जिल्ला सभापति अब्दुल रज्जाक, विरेन्द्र कनौडिया, रमा अर्याल, रामकृष्ण खाँण, हरि लम्साल, खेलराज पाण्डेल गायतले बोल्दै सरकारले जनताका आवश्यकताका विषयमा चासो दिन छाडेको र प्रचारमुखी भएको भन्दै आलोचना समेत गरे । यस अघि काँग्रेसले बुटवलको राजमार्ग चौराह देखि ट्राफिकचोक सम्म खबरदारी र्याली समेत निकालीएको थियो ।




सम्बन्धित
Loading...