सुन तस्कर प्रकरणमा मुछिएका एसएसपी श्याम खत्री र डंगोललाई थुनामै राख्ने आदेश

5

मोरङ,३ माघ । करिब ३८ क्वीन्टल सुन तस्कर प्रकरणमा मुछिएका विवादास्पद छविका एसएसपी श्यामबहादुर खत्रीलाई उच्च अदालत विराटनगरले थुनामै राख्ने आदेश दिएको छ ।




बिहीवार उच्च अदालतमा मुख्य न्यायधिस डाक्टर कुलरत्न भुर्तेल र न्याधिस जनक पाण्डेको इजलासले विवादास्पद छविका एसएसपी श्यामबहादुर खत्री र नेपाल एयरलायन्सका कर्मचारी अमरमान डंगोललाई थुनामै राख्ने आदेश दिएको हो ।

विवादास्पद छबिका एसएसपी खत्रीले त्रिभुवन विमानस्थलमा कार्यरत रहदा ड्राइभर बिष्णुबहादुर खडका र सहयोगी अमरबहादुर थापामगरलाई प्रयोग गरी गोरे भनिने चुणमणी उप्रेतीको समुहले दुबईबाट भित्रियाएको सुन एयरपोर्टबाट कटाउने काम गरेका थिए । खत्रीले एयरपोर्टबाट सुन कटाएबापत प्रतिकिलो ५० हजार रुपैया लिने गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । डंगोलले भने एयरपोर्टमा भित्रिएको सुन पास गराउन सहयोग गरेको प्रहरी अभियोगमा खुलेको थियो ।




एसएसपी खत्री र डंगोललाई जिल्ला अदालत मोरङका न्यायधिस नारायणप्रसाद शर्माको इजलासले गत जेठ ८ गते पूर्पक्षकालागि थुनामा राख्ने आदेश दिएको थियो ।




सम्बन्धित
Loading...