जनमुक्ती पार्टीको स्थापना दिवसमा शुभकामना आदान प्रदान

57







परासी, ६ माघ । राष्ट्रिय जनमुक्ती पार्टीको स्थापना दिवस आइतबार बर्दघाटमा शुभकामना आदानप्रदान कार्यक्रम गरी मनाइएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टी पश्चिम नवलपरासी र बर्दघाट नगर समितिको सयुक्त आयोजनामा आइतबार २८ औ स्थापना दिवसको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।
नगर समिति अध्यक्ष प्रेमबहादुर राना मगरको अध्यक्षता भएको कार्यक्रममा बोल्दै जनमुक्ती पार्टीका केन्द्रिय सदस्य लोमबहादुर खाम्चाले राज्यका सम्पूर्ण तह र तप्कामा समानुपातिक, समावेशी, सहभागिता गराउनुपर्ने जोड दिए ।
उनले नेपालमा भ्रष्टाचार मौलाउदै गएको हुँदा आफ्नो पार्टीले भ्रष्टाचार विरुद्धको अभियानहरु सञ्चालन गरेको बताए ।
कार्यक्रममा प्रदेश ५ उपाध्यक्ष राम बहादुर गुरुङ, प्रदेश उपसचिव तारा राना, प्रदेश सदस्य पूर्ण बहादुर विक, राजनीतिक सललाहकार पूर्ण बहादुर गुरुङ, जिल्ला ईन्चार्ज जस बहादुर पुन, जिल्ला अध्यक्ष धन बहादुर गुरुङ लगायतले पार्टीको धारणा र भावी योजनाका बारेमा बोलेका थिए ।


You might also like
Loading...