राष्ट्रिय शिक्षा विधेयक विरुद्ध सडक संघर्षमा उत्रने काँग्रेसको चेतावनी

59







कावासोती । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विरुद्व सडक संघर्षमा उत्रने चेतावनी दिएका छन् ।
भैरहवा जाने क्रममा मंगलबार नवलपुरको कावासोतीमा कार्यकर्ताहरुसंगको भेटघाटका क्रममा उहाले चिकित्सा शिक्षा विधेयक सदनमा पेश भएर जर्वजस्ति पारित गर्न खोजिए त्यसका विरुद्व काँग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिए ।
त्यसका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।
सरकार दुई तिहाईको दम्भमा प्रतिपक्षलाई पेलेर अगाडी बढिरहेको आरोप लगाउदै डा. गोविन्द केसीले राखेका मागहरु पुरा गर्नुपर्ने उनको भनाई छ ।
महामन्त्री डा. कोईरालाले काँग्रेस अब एक भएर अगाडी बढ्नुको विकल्प नरहेको बताए ।
काँग्रेसको राम्रो भविश्य रहेको भन्दै उहाले भन्नुभयो–काँग्रेस बलियो हुन हामि भित्र रहेको तिक्तता हटाउनुपर्छ, यो तिक्तता हटाएर अघि बढ्यौ भने आगामि निर्वाचनमा काँग्रेसको बहुमत सुनिश्चित छ ।
महामन्त्री डा. कोईरालाले भन्नुभयो–पार्टी संगठनलाई एकै ठाउँमा उभ्याउन सकिएन भने काँग्रेस झन कमजोर हुन्छ, काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो , यो कुरा नेता, कार्यकर्ताले बुझ्नुपर्छ ।


You might also like
Loading...