शोभितको ‘बद्रीबहादुर’ मा पूजा र सलोनको जोडी

125












असारमा प्रदर्शनमा आएको फिल्म ‘बाबु कान्छा’ को असफलतापछि निर्देशक शोभित बस्नेत फेरि नयाँ फिल्म निर्माणमा जुटेका छन् । उनले ‘बद्रीबहादुर’ नामक फिल्ममा एक्सन-कट गर्ने भएका छन् । करीब एक करोडको लागतमा निर्माण हुने फिल्मको छायांकन यही माघ ११ गतेबाट सुरु हुँदैछ ।

फिल्ममा छुल्ठिम गुरुङ, जयकिसन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, एलिना रायमाझी, उत्तम केसीलगायतका कलाकारहरुको अभिनय रहनेछ । अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेतले भने विशेष भूमिका निभाउनेछन् । यसअघि यी दुईले कुनै फिल्ममा गेस्ट रोल गरेका थिएनन् ।
फिल्ममा पूजा र सलोन जोडीको रुपमा देखिनेछन् । निर्देशक बस्नेतले फिल्मीखबरसँग भने, ‘पूजा र सलोनको एउटा गीत र केही सिनहरु छ । चरित्र मनपरेपछि उहाँहरु काम गर्न राजी हुनुभएको हो ।’ उनले पूजाले विना पारिश्रमिक फिल्ममा काम गर्न तयार भएको पनि बताए ।
फिल्मको प्रस्तुतकर्तामा विजय गोपाल दलि छन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । सञ्चारकर्मी रवि अधिकारीको निर्माण रहने फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिव विकको नृत्य,  शंकर महर्जनको द्वन्द निर्देशन रहनेछ ।
‘बद्रीबहादुर’ मा विनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहनेछ । लमजुङ, काठमाडौं, धरान र संखुवासभाको विभिन्न ठाउँमा छायांकन हुने फिल्म कमेडी कथामा निर्माण हुन लागेको हो ।


You might also like
Loading...