सुरज विवशकाे सिमसिम पर्याे पानी भिडियो सार्वजनिक

185







नवलपुरे सर्जक सुरज विवशकाे पछिल्लाे लाेकदाहाेरी गीत सिमसिम पर्याे पानी सार्वजनिक भएकाे छ ।
स्याङ्जाबाट नवलपुर बसाई सरी अाएका गीतकार सुरज विवश हाल विदेशमा भए पनि विभिन्न गीतमा शब्द भर्ने काम भने गरी रहेका छन् । यस अघि विभिन्न अाधुनिक गीतमा शब्द भरेका सुरजले अहिले अाफ्नै गाउँघरका परिवेश अनि गाउँघरमा लगाईने पिरतीलाई माैलिकरूपमा दाेहाेरी गीत मार्फत प्रस्तुत गरेका छन् । यस गीतमा देबि घर्ती र टेक बिश्वकर्माले स्वर दिएका छन् भने लय पनि टेक बिश्वकर्मा कै रहेकाे छ । मौसमी हिमानीकाे निर्देशन रहेकाे याे गीतकाे छायांकन राजेश घिमिरेले गरेका छन् । अभिनयमा चर्चित मोडल करिस्मा ढकाल र रमेश के सीको रहेको छ भने चन प्रबिन भट्टले सम्पादन गरेका छन् । यस गीतलाई एस एस डिजिटलले बजारमा ल्याएको छ ।



You might also like
Loading...