नेतृत्वका कारण पार्टी एकतामा ढिलाई : नेपाल


नुवाकोट : पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्वका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। आइतबार नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पार्टीको नेतृत्वकै कारण एकतामा ढिलाई भएको बताएका हुन्।



‘अहिलेसम्म  केन्द्र, प्रदेश, जिल्ला, नगर तथा गाउँदेखि वडा तहसम्म एउटै दल बन्ने बेला भइसक्यो’, नेता नेपालले भने, ‘नेतृत्वले बिलम्व गर्दा विभिन्न तह तथा कमिटी एकता हुन सकेको छैन ।’

नेता नेपालले कम्युनिस्ट पार्टी एकतामा सानातिना विषयमा अल्झनु नहुने बताए।  उनले आफ्नालाई काखा र अरुलाई पाखा गर्ने शैलीले पार्टी बलियो नहुनेसमेत बताए।




त्यसैगरी नेता नेपालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने बताए।

दुई तिहाइको सरकारभित्रै केही कमीकमजोरी रहेको स्वीकार गर्दै नेता नेपालले साना कमजोरीलाई औंल्याएर प्रतिपक्षलाई औंला ठड्याउने अवसर नदिन आग्रह गरे।

नेता नेपालले संसदबाट पारित चिकित्सा शिक्षा विधेयकले डा. गोविन्द केसीका माग सम्बोधन गरेको बताए।



सम्बन्धित
Loading...