कि पार्टी छाड कि नीजि स्कूल


ने क पा का केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थी नेता लेखनाथ न्याैपानेले एउटै व्यक्ति कम्युनिष्ट पार्टीकाे सदस्य र निजीका सञ्चालक हुन नसक्ने बताएका छन् ।




उनले भने – दुई मध्ये एक त्याग्नु पर्छ । कि त निजी विद्यालयकाे सञ्चालक कि त  कम्युनिष्ट पार्टीकाे सदस्यता त्याग्नु पर्छ।

अखिल क्रान्तिकारी र अनेरास्ववियू, नवलपुरकाे संयुक्त अायाेजनामा मंगलबार अगुवा युवा विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम हाेटल द फुलमुन कावासाेतीमा भएकाे कार्यक्रममा न्याैपानेले देश भ्रष्टचारमा डुबेकाेले सम्पूर्ण युवा विद्यार्थीलाई सजग रहन अाग्रह गरेका थिए ।




अाफ्नै घर परिवारबाट भ्रष्टाचारकाे विषयमा बाेल्न पनि अाग्रह गरेका थिए । राजनीतिकाे भ्रष्टाचार हटाउन सके मात्र मुलुक बन्ने बन्ने भन्दै देशमा एक सच्चा, ईमान्दार नेताकाे खाँचाे रहेकाे पनि बताए । अनेरास्ववियूका संयाेजक ठाकुर पराजुलीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख बक्ताकाे रूपमा पूर्व विद्यार्थी नेता तथा ने क पा का केन्द्रीय सदस्यद्वय लेखनाथ न्याैपाने र ठाकुर गैह्रेलाई निम्ताईएकाे थियाे । साथै कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष रस्मि अाचार्य, अखिल ( क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष विजय गाैतम, सचिव प्रविणा अधिकारी, गण्डकी प्रदेश सचिव क्षितिज सापकाेटा, ने क पा केन्द्रीय सदस्य किशन शर्मा लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए।

कार्यक्रमकाे सहजीकरण अखिल क्रान्तिकारीका जिल्ला संयाेजक ईश्वर गैह्रेले गरेेका थिए।




सम्बन्धित
Loading...