चिकित्सा विधेयकको विरोध गर्दै काँग्रेसले कावासोतीमा पनि प्रदर्शन गर्ने

0 168












कमला राना मगर
कावासोती । सरकारले हालै पारित गरेको चिकित्सा विधेयक लगाएत सरकारको गलत गतिविधि विरुद्ध नेपाली कग्रेस नवलपुरले विरोध जनाउने भएको छ ।
बुधबार कावसोतीमा बसेको नेपाली काँग्रेस जिल्ला कार्य समिति बैठकले माघ २१ गते सरकारको गलत गतिविधि तथा निर्णय विरुद्ध कावासोतिमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको जिल्ला सभापति विष्णु लामिछानेले जानकारी दिए ।
नेपाली काँग्रेसले देशव्यापी रुपमा चिकित्सा शिक्षा विधेयक पास तथा सरकारको गलत गतिविधि विरुद्ध प्रदर्शन गरिरहेको छ ।
यसैबीच नवलपुरको कावासोतीमा समेत माघ २१ गते नेपाली काँग्रेसले विरोध प्रदर्शन गर्ने जिल्ला सभापति लामिछानेले बताए ।
आउदो फागुन सात गते प्रजातन्त्र दिवसको अवसरमा नवलपुर जिल्लामा रहेका सम्पुर्ण प्रजातन्त्र सेनानीहरुलाइ नेपाली काँग्रेस नवलपुरले सम्मान गर्ने बैठकले निर्णय गरेको सभापति लामीछानेले जानकारी दिए ।
बुधबार बसेको बैठकले विहीबार माघ १७ गतेबाट शुरु हुन गैरहेको नवलपुर महोत्सवलाइ भव्यरुपमा गर्नको लागी नेपाली काँग्रेस जिल्ला कार्य समितिबाट सम्पूर्ण सहयोग गर्ने निर्णय भएको समेत सभापति लामिछानेले बताए ।



You might also like
Loading...