यो सरकारको कुनै दुरगामी योजना छैनः डा. शशांक कोइराला

96








नवलपरासी, २१ माघ ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिलेको सरकार विना योजना चलिरहेको आरोप लगाएका छन् ।


उनले पूर्वी नवलपरासीको कावासोतीमा भएको विरोध सभामा बोल्दै भने – यो सरकारसँग आफ्नो कुनै योजना छैन, काँग्रेसले बनाएर छाडेको योजनामा चलेको छ । आफ्नो भिजन छैन ।

उनले सरकारले सत्तामा रहेर अति नै अत्याचार गरेका कारण काँग्रेस देशव्यापी आन्दोलनमा उत्रिनु परेको समेत बताए ।

उनले कम्युनिष्ट सरकार महंगी, भ्रष्टचार, बलात्कारको दलदलमा फसेको र त्यसलाई रोक्न आफूहरुले सडक संघर्षमा उत्रिएको बताए ।

नवलपरासीको कावासोतीमा भएको विरोध सभामा नेपाली कांग्रेसका केन्द्रिय स्तरका नेता तथा विद्यार्थी नेताहरुले सम्बोद्धन गरेका थिए ।

विरोध सभा अघि कावासोतीमा र्याली सहित नगर परिक्रममा गरिएको थियो ।



You might also like
Loading...