मालपोत परासीमा कर्मचारी नहुँदा सेवा प्रवाहमा असर

0 122












परासी, २७ माघ ।
पश्चिम नवलपरासीको परासीमा रहेको जिल्ला मालपोत कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा असर परेको छ ।
दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवाग्राहीको काम समयमै गर्न कठिन भएकोे कार्यालयका निमित्त प्रमुख ईश्वरचन्द्र अर्यालले बताए ।
कार्यालयमा कर्मचारी अभाव हुँदा सेवाग्राहीले समय–समयमा गुनासो गर्दै आएका उनको भनाइ छ । कार्यालयबाट जग्गाको नामसारी, दाखिल–खारेजी, संशोधन, कित्ताकाट, अंशबण्डा, रजिष्ट्रेशन लगायत काम हुने गर्दछ ।
हाल कार्यालयमा प्रमुख मालपोत अधिकृतसहित करीब १६ कर्मचारी लामो समयदेखि छैनन् । कार्यालयमा कूल ३२ कर्मचारीको दरबन्दी रहेकामा अहिले प्रमुख मालपोत अधिकृत रिक्त छ ।
यसैगरी चार अधिकृतको दरबन्दी रहेकामा एक, आठ सुब्बामध्ये चार र १० खरिदारमा सात जना छन् भने लेखा अधिकृतसमेत रिक्त छ ।
जनशक्ति अभामा काम पूर्ण व्यवस्थित हुन नसक्ने, काम बिग्रिने, पूर्णरूपमा प्रमाण हेर्न नसकिने, मिसिललगायत अन्य कागजपत्र हेर्नका लागि समेत निकै समस्या हुने गरेको कार्यालयको भनाइ छ ।



You might also like
Loading...