फागुन ८ गते नेकपाद्धारा लुम्बिनी व्यूरो बन्दको आव्हान





बुटवल । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लुम्बिनी व्यूरोले फागुन ८ गते लुम्बिनीका ७ जिल्ला बन्दको आव्हान गरेको छ । अर्घाखाँचीबाट पक्राउ परेको आफ्नो नेता तथा कार्यकर्ताहरुको रिहाईको माग गर्दै विप्लव माओवादीले लुम्बिनी ब्युरो बन्दको आव्हान गरेको हो ।
आफ्नो पार्टीको नेताहरुलाई विनाकारण हिरासतमा राखेर नियोजित रुपमा झुट्टा मुद्दामा फसाउने षडयन्त्र गरिएको भन्दै सो पार्टीले लुम्बिनीका रुपन्देही, कपिलवस्तु, नवलपरासी, नवलपुर, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला बन्दको आव्हान गरेको हो ।
गत माघ २३ गते अर्घाखाँची जिल्लाबाट नेकपाको सांगठनिक अभियानको शिलशिलामा नेकपाका लुम्बिनी व्यूरो सदस्य एवं गुल्मी जिल्ला इन्चार्ज कमरेड पुर्णवहादुर सिंह, सेक्रेटरी कमरेड खिमबहादुर खड्का, अर्घाखाँची जिल्ला पार्टी सचिवालय सदस्य कमरेड पिताम्बर पोखरेल, अभियानयात्री कमरेड टुकलाल पुनलाई अर्घाखाँची प्रहरीले गिरफ्तार गरेको थियो ।
उनीहरुलाई हाल सार्वजनिक मुद्दा दर्ता गरि जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा हिरासतमा राखिएको छ ।
विज्ञप्तीमा ८ गतेसम्म पनि नछोडिए थप कडा संघर्षमा जाने चेतावनी समेत दिईएको छ ।




सम्बन्धित
Loading...