होङसी सिमेन्टको टिप्परको ठक्करबाट बालिका मृत्यु

98












नवलपरासी, ५ फाल्गुन ।
नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीमा रहेको होङसी सिमेन्टका लागि कच्चा पदार्थ टिप्परको ठक्करबाट पाल्पामा एक जनाको ज्यान गएको छ ।
नवलपुर र पाल्पाको सिमा नजिकै पर्ने पाल्पाको निस्दी गाउँपालिका ६ मा ग १ ख १५११ नम्बरको टिप्परको ठक्करबाट आइतबार विहान ५ बर्षीय बालिका मनिता सारुको घटना स्थलमै मृत्यु भएको हो ।
सोही दुर्घटनामा परी सुनिता बाह्रघरे गम्भीर घाइते भएका छन् ।
दुघटना पछि चालक फरार रहेका छन् । स्थानीयले चालकको लापरवाहीको कारण बालिकाको ज्यान गएको भन्दै अहिले उक्त क्षेत्रमा होङसी सिमेन्टको टिप्पर आवत जावतमा रोक लगाएका छन् ।
सिमेन्टका लागि आवश्यक पर्ने कंक्रिट लिन जाँदा टिप्परले बालिकालाई ठक्कर दिएको थियो । स्थानीयको अवरोध पछि कारखाना प्रशासन र स्थानीयबीच छलफल भएको छ ।
त्यसैगरी गएराति नवलपरासीको विनयी त्रिवेणी ४ सर्दीमा लु ३ त ८९६६ नम्बरको ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट बाग्लुङको द्वारीघाट गाउँपालिका ७ बस्ने २१ बर्षीय किरण घर्तिको घटना स्थलमै मृत्यु भएको हो ।
ट्याक्टर चालकको फरार भएको र मृतकको शव पोष्टमार्टमका लागि दुम्कौलीमा राखिएको नवलपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी नवलपरासीको गैडाकोट नगरपालिका १३ बोटे टोल नजिकै नारायणी नदी किनारमा गएराति एक जना बेवारिसे शव फेला परेको छ ।
अन्दाजी ४०–४२ बर्षीय महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।



You might also like
Loading...