भन्सालीको फिल्ममा सलमान पक्का


बलिउड स्टार सलमान खान र सफल निर्देशक संजयलीला भन्साली बीच टिमअप हुने भएको छ । सलमानले भन्सालीको निर्देशनमा बन्न लागेको नयाँ चलचित्रमा अभिनय गर्ने पक्का भएको छ । यस चलचित्रमा सलमानलाई दर्शकले रोमान्टिक अवतारमा देख्नेछन् । लामो समयको आन्तरिक छलफल पछि उनीहरु सहकार्य गर्न तयार भएका हुन् ।




सलमान र भन्सालीको यो पहिलो सहकार्य भने होइन । उनीहरुले लगभग दुई दशक पहिले चलचित्र ‘हम दिल दे चुके सनम’मा काम गरेका थिए । यस चलचित्रमा पनि भन्सालीले सलमानलाई रोमान्टिक अवतारमा प्रस्तुत गरेका थिए । उक्त चलचित्रमा सलमानको जोडी ऐश्वर्या राय बच्चन थिइन् । चलचित्र निकै सफल पनि भएको थियो ।

भन्सालीको चलचित्रलाई सलमानले ‘दंबग ३’को सेड्युल सकाएर मात्र समय दिनेछन् । हालै ‘भारत’को छायांकन सकेका सलमान केही समयपछि ‘दंबग ३’ को छायांकनमा व्यस्त रहनेछन् ।







सम्बन्धित
Loading...