कांग्रेस केन्द्रीय समिति ४ चैतमा, पौडेल—सिटौला समूह बहिष्कारको तयारीमा

146












काठमाडौं । १० माघबाट सुरु भएर बीचमा स्थगित भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी ४ चैतका लागि बोलाइएको छ ।

१२ फागुनमा बसेको केन्द्रीय समितिबाट विधानलाई बहुमतबाट पारित गरेपछि कांग्रेसले १४ फागुनमा बस्ने गरी अर्को बैठक बोलाएको थियो । तर, कांग्रेसभित्रका दुई गुट रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले बहिष्कार गर्ने तयारी गरेपछि सभापति शेरबहादुर देउवाले बैठक स्थगित गरेका थिए । सभापतिले एकपक्षीय रूपमा निर्णय लिन लागेको भन्दै दुवै समूहले फेरि पनि बैठक बहिष्कारको तयारी गरिरहेको छ ।


४ गतेको बैठकमा सभापति देउवाले अनुशासन समितिसहित निर्वाचन समिति गठनको प्रस्ताव केन्द्रीय समितिमा ल्याउने तयारी गरेपछि इतर समूहले त्यस बखतसमेत बैठक बहिष्कारको तयारी गरेको थियो ।

इतर समूहले अझै पनि पार्टी नेतृत्वले पार्टीको विधानलाई बहुमत र अल्पमतका आधारमा केन्द्रीय समितिबाट पास गराएको तथा एकतर्फी रूपमा अनुशासन समिति र निर्वाचन समिति गठनको प्रस्ताव ल्याउने तयारी गरेको भन्दै कस्तो रणनीति बनाउने भन्नेमा छलफल जारी राखेको छ ।

उनीहरूले सहमतिबाट दुवै समिति बनाउन संस्थापन पक्ष तयार भए बैठकमा सहभागी हुने नभए बैठक बहिष्कार गर्ने बताउँदै आएका छन् ।

नेता अर्जुननरसिंह केसीले अनुशासन समिति जस्तो न्यायिक निकायमा आमकार्यकर्ताले विश्वास गर्ने व्यक्तिलाई नेतृत्व दिइनुपर्ने भन्दै सहमतिको बाटोबाट मात्रै बैठकमा सहभागी हुने संकेत गरे । राजधानी दैनिकबाट



You might also like
Loading...