प्रदेश नं ५ को सुरक्षा समीक्षा बैठक


लुम्बिनी, २६ फागुन।  प्रदेश नं ५ को सुरक्षा सम्बन्धमा समीक्षा बैठक आजदेखि भैरहवामा शुरु भएको छ । प्रदेशका १२ जिल्लाका सुरक्षा समितिका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षासम्बन्धी प्रतिवेदन पेश गर्नुभएको छ ।




प्रदेशस्तरीय सुरक्षा समितिको बैठकको अध्यक्षता गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा इन्द्रजीत राईले गरिरहनुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले बताउनुभयो । बैठकमा प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र अनुसन्धान विभागका प्रमुख सहभागी छन् ।

बैठकको मुख्यरुपमा प्रदेशको एकीकृत सुरक्षा सम्बन्धमा छलफल हुनेछ । बैठकलाई सोमबार गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै बैठकमा गृह सचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभागका प्रमुख पनि सहभागी हुने बताइएको छ ।

 







सम्बन्धित
Loading...