गैडाकोटमा भेटिएको दुई वटा सुतली र ५ वटा पेट्रोल बम निस्कृय, देवचुलीमा पनि बम

186












नवलपरासी, ३० फागुन ।
पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकाको जयश्री पुल नजिकै भेटिएको ७ थान बम, बम डिस्फोडल टोलीले निष्कृय बनाएको छ ।
विहीबार दिउँसो भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले निष्कृय बनाउने क्रममा विस्फोटक पदार्थ भएको पृष्टि भएपछि सेनाले निष्कृय पारेको हो ।
प्रहरीका अनुसार उक्त क्षेत्रमा २ वटा सुतली बम र ५ वटा पेट्रोल भरिएका बोलतहरु थिए ।
यस अघि गएरातिदेखि जयश्री खोलामा शंकास्पद बस्तु भेटिएको थियो । उक्त बस्तु भने माटो भरेर राखिएको नक्कली बम भएको पुष्टि भएको थियो ।
देवचुलीमा पनि बम
त्यसैगरी नवलपुरकै देवचुली नगरपालिका १३ दलदलेमा बम भेटिएको छ । उक्त बम सामान्य खाले रहेको र सेनाले डिस्फोज गरिसकेको इलाका प्रहरी कार्यालय रहजरले जनाएको छ ।



You might also like
Loading...