मगरकोटमा चिलाहा रतौल होमस्टे सञ्चालनमा आउँदै





रामकुमार श्रेष्ठ
नवलपरासी, १० चैत्र ।
देशभर पर्यटन प्रर्बद्धनका लागि होम स्टेको लहर चलिरहेको बेला पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा पनि होम स्टे सञ्चालन हुने भएको छ ।
मगरकोट चिलाहामा रहेका थारु समुदायले मगरकोट चिलाहामा १७ घर होम स्टे निर्माण र सांस्कृतिक भवन निर्माण कार्यलाई तिब्रता दिएका छन् ।
चिलाहा रतौल होमस्टे सामुदायिक रुपमा सञ्चालन गर्न थालिएको र नयाँ बर्ष लागेसँगै सञ्चालनमा ल्याउने गरी तयारी थालिएको होम स्टेका अध्यक्ष भेषराज महतोले बताए ।


यसैबीच गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले चिलाहा रतौल होमस्टेको सांस्कृतिक घरको शिल्यान्यास गरेका छन् ।
गाहाले यस्ता होम स्टेले नवलपुरमा पर्यटक प्रबद्र्धनमा ठूलो टेवा पु¥याउने र स्थानीय समुदायको आर्थिक उपार्जनमा समेत महत्वपूर्ण योगदान दिने बताए ।
अध्यक्ष महतोका अनुसार यहाँ १७ घर होम स्टेमा ६४ जनासम्म पाहुुनालाई बासको व्यवस्थापन गर्न सकिने छ ।
थारु समुदाय मिलेर सञ्चालनमा ल्याउन लागेको यो होम स्टेमा थारुका कलासंस्कृति सँग जोडिएका लाठी नाँच, झाम्टा लगायतका नृत्यहरु समेत पाहुनाहरुको स्वागतका लागि राखिने भएको होम स्टेका सचिव पतिराम महतोले बताए ।



कावासोती १० का वडा अध्यक्ष टेकनारायण महतोले चिलाहा क्षेत्र सिमसार क्षेत्र रहेको र यहाँबाट चितवन राष्ट्रिय निकुञ्जमा पाइने जंगली जनवार तथा पंक्षिहरु सजिलै अवलोकन गर्न सकिने भएकोले यहाँ होम स्टेको सम्भावना प्रशस्त रहेको छ ।
यस होम स्टे सञ्चालनका लागि अतिथि गृह निर्माणका लागि कावासोती नगरपालिकाले १२ लाख र सांस्कृतिक भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले १० लाख रकम प्रदान गरेको थियो ।




सम्बन्धित
Loading...