नवलपुरमा आज दिनभर विद्युत सेवा अवरुद्व हुने

347








बिजय चालिसे

चैत, १२, कावासोती । नवलपुरमा आज दिनभर जसो विद्युत सेवा अवरुद्व हुने भएको छ । आज बिहान परेको पानीसँगै आएको चट्याङका कारण नवलपुरका प्राय सवैजसो स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ ।


नवलपुरको प्रगतिनगरमा रहेको १३२ बाई ११ सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा चट्याङले क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको हो । आज बिहान आएको पानीसंगै परेको चट्याङले ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा विद्युत सेवा अवरुद्व भएको विद्युत प्राधिकरण वितरण केन्द्र कावासोतीका सुचना अधिकारी लालहरी उपाध्यायले जानकारी दिनुभयो ।

उहाका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवलबाट प्राबिधिक बोलाईएको छ । यद्यपी ट्रान्सफर्मर यहा खोल्न नमिल्ने भएकाले सम्भवत आज दिनभर नवलपुरमा विद्युत सेवा अवरुद्व हुनेछ । यदी सो ट्रान्सफर्मरमा ठुलै समस्या आएको भए विद्यु सेवा कहिलेबाट सुचारु हुन्छ भनेर यसै भन्न नसकिने सुचना अधिकारी उपाध्यायले बताउनुभयो ।

नवलपुरको अरुणखोला र दुम्किवासमा भने विद्युत सेवा अवरुद्व भएको छैन । सो ठाउमा बर्दघाट तर्फको लाईन रहेकाले त्यहा विद्युत सेवा अवरुद्व नहुने सुचना अधिकारी उपाध्यायको भनाई छ । विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा प्रत्यक्ष असर पुगेको छ ।



You might also like
Loading...