मादकपदार्थ सेवनपछिको विवादमा युवकको हत्या

56












पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिका– ८ चित्रेमा एक युवाको हत्या भएको छ । मदिरा सेवनपछि भएको विवादमा स्थानीय ३३ वर्षीय सन्तोष भन्ने गङ्गाप्रसाद विकको हत्या भएको हो । सो घटनापछि प्रहरीले सोही ठाउँको सामुदायिक जङ्गलमा लुकीछिपी बसेको अवस्थामा २३ वर्षीय दलबहादुर नेपाली र २३ वर्षकै रविन सुनारलाई पक्राउ गरेको छ ।

मुख्य अभियुक्त २६ वर्षीय कृष्णबहादुर सुनार फरार रहेको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाले प्रारम्भिक बयानमा घटना स्वीकार गरेका छन् ।


पक्राउ परेका अभियुक्तलाई बिहीबार पर्वत जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायब उपरीक्षक तिवारीले जानकारी दिए ।



You might also like
Loading...