चन्द समूहका एक नेता पक्राउ

94












नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ पर्नुभएको हो ।

नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहनुभएका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उहाँकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।


पक्राउ पर्नुभएका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । पछिल्लो समय विप्लव नेतृत्वको नेकपाले गरेको हिंसात्मक गतिविधिलाई सकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले निगरानी बढाएको छ । केही दिन पहिले छिमेकी जिल्ला म्याग्दी र कास्कीबाट पनि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।

प्रधानाध्यापक चौहान पक्राउ

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहमा संलग्न रहेको आरोपमा जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानलाई प्रहरीले आज पक्राउ गरेको छ ।

विप्लव समुह निकट अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्षसमेत रहनूभएका चौहानलाई निषेधित क्रियाकलापमा संलग्न रहेको आशङ्कामा मायादेवी गाउँपालिका–५ स्थित उहाँकै घरबाट पक्राउ गरिएको हो । चौहानउपर सार्वजनिक हित सुरक्षा नैतिकताविरुद्धको कसुर मुद्दामा १५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिनुभयो । यसअघि विप्लव समूहमा आबद्ध तीन जनालाई पक्राउ गरिएको थियो ।



You might also like
Loading...