कावासोती वडा नं. १ को वडा कार्यालयमा लागेको ताला खुल्यो




कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ म लागेको ताला मंगलबार स्थानीयले खोलेका छन् ।
हालको कार्यालय रहेको आसपासका बासिन्दाले कार्यालय बन्द रहँदा काम प्रभावित भएको भन्दै ताला खोल्ने तयारी गरिरहेको बेला यस अघि ताला लगाइदिएका कोइलापानीका बासिन्दाहरुले नै आएर ताला खोलिदिएका हुन् ।
उनीहरुले लामो समय कार्यालयमा तालाबन्दी भईरहँदा सेवाग्राही प्रभावित भएको भन्दै विज्ञप्ति जारी गरेर ताला खोलिदिएका हुन् ।
कोइलापानीका बासिन्दाहरुले कोइलापानीमा कार्यालय सञ्चालनका लागि बनाइएको भवन रहेको स्थानमा कार्यालय सार्नु पर्ने जोड गरेका छन् भने हाल कार्यालय रहेका आसपासका बासिन्दाहरुले कार्यालय हालकै स्थानमा हुनु पर्नेमा जोड दिएका छन् ।
वडाध्यक्ष नारायण पन्तले भने कार्यालय सार्ने तयारी रहे पनि नगरपालिकाको निर्णय नआएसम्म कार्यालय सार्न नमिल्ने जनाएका छन् । अहिले कावासोती १ को वडा कार्यालय भाडाको घरमा सञ्चालनमा रहेको छ ।



सम्बन्धित
Loading...