जिपमा झुण्डिएर यात्रा गर्दा ठोक्किएर मृत्यु


पूर्वी नवलपरासीको भित्री सडक खण्डमा जिपमा झुण्डिएर यात्रा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा शुक्रवार राति जिपमा यात्रा गरिरहेका यात्रु विनयी त्रिवेणी-५, का २५ बर्षीय पदम सुनाखरी मगरको टाउको टिप्पमा ठोकिएर निधन भएको प्रहरीले जनाएको छ ।
विनयी त्रिवेणी गाँउपालिका-५, पिडारीमा दुम्किबासबाट छुटेको ग १ च ३५३० नम्बरको जिपमा यात्रा गर्ने क्रममा सडक छेउमा रोकिराखेको ग १ ज ८२२१ नम्बरको टिप्परमा टाउको ठोक्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।




चितवनको दुर्घटनामा दुईको मृत्यु




सम्बन्धित
Loading...