विप्लवमाथि लगाइएको राजनीतिक प्रतिबन्ध वेठिकः उपमहासचिव भुसाल

124







गोपी ज्ञवाली

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपमहासचिव घनश्याम भुसालले राजनैतिक काम प्रहरीले गरेर देशको समस्या समाधन नहुने भन्दै विप्लव समुहमाथि लगाईएको राजनैतिक प्रतिबन्ध ठिक नभएको बताउनु भएको छ ।
शुक्रवार पश्चिम नवलपरासीको वर्दघाट निवासी प्रगतिशिल शाहित्यकार प्रचण्ड बुढाथोकिको शोक सभामा बोल्दै नेता भुषालले सो कुरा बताउनु भएको हो । विप्लवको राजनैतिक कार्यक्रम हेर्दा विभिन्न विषयहरु आफैमा विरोधाभासपुर्ण रहेका भए पनि राजनैतिक विषयको समस्याको समाधानका लागि प्रहरी परिचालन गरेर समस्या समाधान नहुने नेकपाका पालिटब्युरो सदस्य समेत रहनु भएका नेता भुषलले बताउनु भएको हो । अहिलेको दुई तिहाईको सरकार साना दुखले प्राप्त भएको होईन पछिल्लो ७० वर्ष लामो समय देखी विभिन्न रुपमा कम्युनिष्टहरुले गरेको संधर्षको परिणाम स्वरुप यो दुई तिहाईको सरकार बन्ने समय आएको बताउनु भएको छ ।
यसरी बनेको सरकार संचालन विधिमा हुनु पर्ने, पार्टीले सरकार संचालन गर्नु पर्ने तर पार्टी सरकारले संचालन गर्दै आएको जस्तो बनेको छ भन्दै नेता भुषलले पार्टी संचालन विधि प्रनि नै असन्तुष्टी ब्याक्त गर्नु भएको छ ।
प्रगातिशिल साहित्यकार प्रचण्ड बहादुर बुढाथोकी निधनको छैठौ दिनको शोक सभामा बौल्दै नेता भुषालले केही समय, कहिले काही, कुनै बेलामा क्रान्तिकारी भई दिनु राम्रो काम भए पनि त्यस्तो क्रान्तिकारी बन्न सजिलो छ तर सधै भरि क्रान्तिकारी भई दिन सारै गारहो छ भन्दै कमरेड प्रचण्ड बुढाथोकी जिवन भरी नै निरन्तर क्रान्तिकारी कार्यशैलि प्रश्तुत गर्दै हामी माझबाट विदा भएको भन्दै यो शोकको घडीलाई शक्तिमा बदलन आवहान गर्नु भयो । जनकलाकार, शाहित्यकार प्रचण्ड बुढाथाकीले जिवन भरि अपनाएको निरन्तर क्रान्तिकारी पन, निरन्तर गतिशिलता र बहुआयामिक प्रतिभाको प्रश्तुतीले हामीलाई ठुलो रिण लगाएर गएको बताउदै शोकाकुल परिवार प्रति सिंगो पार्टी साथ रहेकोे बताउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नवलपरासीका अध्याक्ष घनश्याम यादवको अध्यक्षतामा आयोजना गरेको शोक सभामा प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री बैजनाथ चौधरी, नेकपाका नेता देवेन्द्र धिमीरे, नेतृ सिन्धु जलेशा, नेकपाका केन्द्रीय सदस्य डा. विजय पौडेल लगाएतले शोक मन्तब्य राख्नु भएको थियो ।
प्रगतिशिल शाहित्यकार प्रचण्ड बुढाथोकी द्धारा लिखित विभिन्न विधाका दुई दर्जन भन्दा बडि कृतिहरु प्रकाशित रहेका छन भने एक दर्जन भन्दा बडि पुस्तक प्रकाशनका लागि पाण्डुलिपी रमेत रहका छन । यसै शोक सभामा प्रचण्ड अध्यन प्रतिष्ठान समेत स्थापना गर्ने घोषणा गरिएको थियो ।



You might also like
Loading...