महेषपुर भन्सारमा एक महिनामै डेढ करोड राजश्व


नवलपरासी। नवलपरासीको महेशपुर मुल भन्सारले गत चैत्र महिनामा १ करोड ५० लाख राजस्व संकलन गरेको छ । विगत केही महिनामा राजस्व घटे पनि पछिल्लो ३ महिनादेखि राजस्व संकलनमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको हो ।
गत असोज महिनादेखि मुल भन्सारको रुपमा सञ्चालन भएको भन्सारले पहिलो महिनामा ९८ लाख राजस्व संकलन गरेको थियो । बीचमा भन्सार राजस्व घटेर कार्तिकमा ६० लाख, मंसिरमा ४२ लाखसम्म झरेको थियो ।
राजस्व किन घटेको भन्दै राष्ट्रिय सभा सदस्य साँसद रामलखन हरिजनले सदनमै राजस्व घट्नुको कारण माग गरेका थिए। अहिले फागुन महिनादेखि निरन्तर राजस्व संकलन बढदै गएको भन्सार कार्यालयले जनाएको छ ।







सम्बन्धित
Loading...