विप्लव पार्टी त्याग्दै रिहा हुँदै, नवलपुरमा विप्लवका दुई कार्यकर्ता रिहा (भिडियो सहित)
https://www.youtube.com/watch?v=Aayy37t-6wY
नवलपरासी। प्रहरीले नवलपरासीमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई धमाधम पक्राउ गर्न थालेपछि पक्राउ परेकाहरु पार्टी छाड्दै रिहा हुने क्रम बढेको छ ।
यसै क्रममा मंगलबार नेकपाका नवलपुरका दुई जना जिल्ला नेताले विप्लवको नेकपा पार्टी परित्याग गरेको विज्ञप्ति जारी गरी रिहा भएका छन् ।
उनीहरुलाई प्रहरी र प्रशासनको निगरानीमा रहने गरी धरौतीमा रिहा भएका हुन् ।
देवचुलीबाट विप्वलको दुई जिल्ला नेता पक्राउ
विप्लवको नवलपुर जनसरकार उपप्रमुख दिपक घर्ती र पार्टीका जिल्ला सदस्य पारसमणि गौतम पार्टी परित्याग गरेको घोषणा गरी रिहा भएका हुन् ।
दुवैले मंगलबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी अबदेखि नेकपाको कुनै पनि गतिविधिमा सम्लग्न नहुने जनाएका छन् ।
यस अघि जिल्ला सदस्य धनबहादुर मर्दनिया पनि विज्ञप्ति जारी गरी रिहा भएका थिए ।