भुकम्पले भत्किएकाे विद्यालय पुननिर्माण गरि हस्तान्तरण

135








कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिका १ जुकेपानीकाे सूर्यज्याेति माविमा विहीबार विद्यालय भवन हस्तान्तरण गरिएकाे छ ।
२०७२ बैशाख १२ गतेकाे महाभुकम्पबाट क्षति भएकाे सूर्यज्याेति माविमा ३ काेठे ट्रस्ट भवन निर्माण गरि हस्तान्तरण गरिएकाे हाे ।
३५ लाखकाे लागतमा ३ काेठे भवन निर्माण गरि विहीबार गाेरखा भुकम्पकाे चाैथाे स्मृति दिवसकाे अवसर पारेर हस्तान्तरण गरिएकाे राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अायाेजना कार्यान्वयन ईकाई नलवपुर प्रमुख राजेन्द्र कार्कीले बताए ।
भवन गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछाने, जिल्ला समन्वय समितिका संयाेजक चेसराम अाले लगायतकाे सहभागीमा हस्तान्तरण गरिएकाे हाे ।
नवलपरासीमा २०७२ साल बैशाख १२ गतेकाे महाविनासकारी महाभुकम्पले २ सय ८ वटा विद्यालयमा क्षति पुगेकाे थियाे ।



You might also like
Loading...