खेम र समिक्षाको दिल यि जोर जोर म्युजिक भिडियो सार्वजनिक

169












राम अवतार चौधरी


कपिलवस्तु । सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएका खेम चौधरी र समिक्षा चौधरीको सुमधुर अवाजमा रहेको “दिल यि जोर जोर से धडके लाग्ल” भन्ने बोलको थारु म्युजिक भिडियो युटुब च्यानल खेम चौधरीद्वारा सार्वजनिक भएको छ ।

विगतका तुलनमा थारु कलाकारहरुले निकै फड्को मारेको अवस्था विद्यमान छ । यसैबीच एकदमै मनोरम दृश्यलाई समावेश गरि नेपाल र छिमेकी देश भारतका विभिन्न रमणीय स्थानमा छाँयाकन गरिएको निर्माताहरुले दाबी गरेका छन् ।

जसको लिरिसमा सावन मर्चहा रहेका छन् भने म्युजिक एरेन्जरमा गणेश चौधरी रहेका छन् । त्यस्तै मिक्सिमा प्रकाश केसी रहेका छन् भने मोडलिङमा आशिष र आयशा चौधरीको रोमान्स रहेको छ ।

उक्त भिडियोको निर्देशनमा चन्द्र चौधरी(चन्द) रहेका छन् भने क्यमरा मेन शाहिल चौधरी रहेका छन् । त्यस्तै मेकअपमा सोनु कुस्मी रहेको र भिडियो निकै नै चर्चामा आउने विश्वास रहेको कलाकारहरुले बताएका छन् ।



You might also like
Loading...