‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक
‘जात्रा’ र ‘शत्रु गते’ मार्फत् आफूलाई सफल निर्देशकको रुपमा चिनाएका प्रदीप भट्टराई निर्देशित नयाँ फिल्म ‘जात्रै जात्रा’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कमेडी हाबी छ । अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् । भने, विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् । ट्रेलरमा रबिन्द्रले बोलेका संवादहरु रमाइला छन् । फिल्म जेठ ३ गतेबाट मुलुकभर प्रदर्शनमा आउँदैछ ।