नवलपुरको गैंडाकोट नगरपालिकामा जनप्रतिनिधिहरुबीच किचलो

129







पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाको चौथो नगरसभामा नगरपालिकाका सदस्यहरुले नगरले गरेका कामहरुप्रति असन्तुष्टि जनाएका छन् । गैंडाकोट नगरपालिका भित्रका जनप्रतिनिधिबीच बेला बेलामा बिवाद उत्पन्न भैरहदा नगर सदस्यहरुको असन्तुष्टि रहेको हो ।
गैंडाकोट नगरपालिकाका बिधी र पद्धतिमा असन्तुष्ट रहेको छ भने नगर सभामा बोल्ने नगर सदस्यहरुले ब्याक्तीगत असन्तुष्टि नरहेको बताएका छन् । गैंडाकोट नगरपालिकाको वडा नं १ देखी १८ सम्मका समस्या र समाधानका बिषयमा तदारुकता देखाउन सदस्यहरुले सुझाव दिए ।
नगर भित्र रहेका पिछडयका,दलित,महिला र सिमान्तकृत ब्याक्तिहरुको उत्थानका लागि काम गर्नुपर्ने बताएका छन् । गैंडाकोट नगरपालिकामा पनि योजना ल्याउदा र बिकासका कार्यक्रम गर्दा समाज र समुदाय हेरेर प्राथमिकताका आधारमा कार्यक्रम गर्न नगर सदस्यहरुले आग्रह गरेका छन् ।
नगरकार्यपालिकाले एकलौटि गरेको भन्दै बिरोध भए पछि नगरसभाको कार्यक्रम स्थगन भएको हो । गैंडाकोट नगरपालिकाले कुनै पनि कार्यक्रम एकलौटि गरको भन्दै प्रतिपक्षमा बस्नेहरुले नै समस्या निकाल्ने गरेको बताउनुभएको छ ।
नयाँ बर्ष लागे संगै नगरपालिका फरक ढंङ्गबाट सञ्चालन हुने र नगरले गरेका कामहरु पारदर्शिरुपमा सञ्चालन गर्ने नगरप्रमुख छत्रराज पौडेलको भनाई रहेको छ ।
प्रतिपक्षमा बस्नेहरुलाई एक बर्षमै दुरगामी योजना कार्याान्वयन नहुदा छटपटी बढेको र बिरोधका स्वर गुञ्जयमान हुने बताउनुभएको छ । जति बिरोध ग¥यो त्यती नै जागरुक बनेर काम गर्न सक्ने नगरप्रमुखको भनाई रहेको छ ।
गैंडाकोट नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत रामप्रसाद आचार्यले गैंडाकोट नगरपालिकाको नगरसभा स्थगित भएको र नियमानुसार असार महिना भित्र गरिसक्ने बताउनुभयो । आचार्यले सदस्यहरुले समसामयिक बिषय बस्तुमा कुरा उठाएको अबस्थाले नगर सभा स्थगित भएको जानाकारी दिनुभयो ।
कार्यक्रममा नगरसभामा नगर उपप्रमुख बिष्णुकुमारी कंडेलले नगर सभा सम्मानित र बिधि नितीािनयम अनुसार चल्नुपर्ने बताउदै । नगर सभामा उठेका प्रश्न जायज रहेको र संबोधन गरेर जाने बताउनुभयो ।


You might also like
Loading...