झाडापखाला नियन्त्रणबाहिर, पानीमा कोलिफम भएको पुष्टि

143












विगत पाँच दिनदेखि गुल्मीको मुसिकोट नगरपालिका–४ वडागाउँको दजाकोटमा फैलिएको झाडापखालाबाट एक जनाको मृत्यु भएको छ ।

स्थानीय पशुपति निम्न माध्यमिक विद्यालय कक्षा ६ मा अध्ययनरत १४ वर्षीया रेशम सिंजालीको ज्यान गएको स्थानीय हरि छन्तेलले जानकारी दिए । झाडापखालाबाट बालकका आमा र हजुरआमा पनि बिरामी परेका छन् ।


दजाकोटमा झडापखालाले भयावह रूप लिन थालेको छ । दूषित पानीका कारण बिरामी हुनेको संख्या १९२ जना पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डीबी जिसीले जानकारी दिए । त्यस्तै, त्यहाँको खानेपानीमा कोलिर्फम भएको पुष्टि भएको छ ।

दूषित खानेपानीका कारण दजाकोटमा फैलिएको झाडा पखलाको प्रकोप अझै नियन्त्रणमा आएको छैन । जसका कारण सिङ्गो गाउँकै जनजिवन प्रभावित भएको छ । गत बैशाख ८ गतेबाट सुरु भएको समस्या अझै पुरै नियन्त्रणमा आउन सकेको छैन् ।

बिरामी मध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पाका गरिएको परिक्षणमा दजाकोटमा खानेपानीमा कोलिफम भएको पुष्टि कार्यालय इन्जिनियर प्रकाश न्यौपानेले बताए ।

उनले खानेपानीमा पहिलो दिनको एक सय मिलिलिटर खानेपानी परिक्षण गर्दा एक सय ४० नम्बर कोलिफम भेटिएको बताए । न्यौपानेले विश्व स्वास्थ्य सगंठनका अनुसार खानेपानीमा कोलिफमको सख्या शुन्य नै हुनुपर्ने बताए । त्यो कोलिफम मानिस वा अन्य जनावरको भन्ने बारेमा अझै टुङ्गो नलागेको बताए ।

पाँचदिनदेखि फैलिएकाे झाडापखालाबाट गुल्मीमा बालककाे मृत्यु

 



You might also like
Loading...