गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले भरे बेरोजगार फारम
गैंडाकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्र्तगत गैंडाकोट नगरपालिकामा मात्रै दुई हजार बढीले आफू बेरोजगार रहेको भन्दै फारम भरेका छन् ।
सरकारले बेरोजगारलाई भत्ता दिने जनाएसँगै वडा कार्यालयमा फारम भर्ने व्यवस्था मिलाइएको छ । गैडाकोटमा २ हजारले बेरोजगार भएको फारम भर्दा महिला बढी रहेको पाइएको छ ।
अहिलेसम्म गैंडाकोट नगरपालिकामा दुई हजार बढीले रोजगार पाउ भनि फारम भरेको रोजगार संयोजक तारा उपाध्यायले जानकारी दिए ।
चैत्र मसान्तसम्म मात्र समय तोकिएको भएपनि बैशाख मसान्तसम्म फारम भर्न सकिने संयोजक उपाध्यायले बताए ।
फारम भर्न चाहानेले संबन्धीत वडामा गएर भर्न सकिने छ ।
१८ बर्ष भन्दा माथि २४ बर्ष उमेर समूहका युवाहरुले बढि मात्रामा फारम भरेको र यो फारम भर्नेको संख्या बैशाख मसान्तसम्म बढ्न सक्ने उनले बताए ।
फारम भरेका अधिकाशंले कहिलेबाट काम पाईन्छ ,कस्तो काम पाईन्छ र लगायतका बिषयबस्तुमा उत्सुकता देखाएको उपाध्यायको भनाई रहेको छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले यो कार्यक्रम राम्रो रहेको प्रभाबकारी रुपमा सञ्चालन हुने भएकाले बेरोजगार युवाहरुले रोजगार फारम भर्न आग्रह समेत गरे ।