महाभुकम्पको चार बर्ष नवलपरासीमा विद्यालयतर्फ २५ प्रतिशत मात्र पुननिर्माण

140












रामकुमार श्रेष्ठ
नवलपरासी, १६ बैशाख । महाभुकम्पको चार बर्ष वितिसक्दा पनि नवलपरासीमा विद्यालयतर्फको पुननिर्माण २५ प्रतिशत मात्र हुन सकेको छ ।
नवलपरासीमा २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट २ सय ८ वटा विद्यालयका पाँच सय ८० वटा कक्षा कोठामा क्षति पुगेको थियो । भुकम्पको दिन विदाको दिन परेकोले विद्यालयमा मानवीय क्षति भने हुन पाएको थिएन ।
नवलपरासीमा २ सय ८ वटा विद्यालयका ५ सय ८० वटा कक्षाकोठामा क्षति पुगेकोमा ति मध्य अहिलेसम्म २५ प्रतिशतको हाराहारीमा मात्र पुननिर्माण सकिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई नवलपुरका प्रमुख राजेन्द्र कार्कीले बताए ।

नवलपरासीमा भुकम्पः तीन गुणा बढी गुनासो


नवलपरासीमा भुकम्पले क्षति भएका विद्यालयहरुमा अहिले पुननिर्माणको काम चलिरहेको कार्कीले बताए ।
५५ वटा विद्यालयका लागि १ सय ८० वटा कक्षाकोठा पुननिर्माण गर्न बजेट विनियोजन भएकोमा ३९ वटा विद्यालयले कक्षाकोठा पुननिर्माण गरिसकेको छ भने बाँकी १६ वटा विद्यालयमा निर्माणको चरणमा रहेको छ ।
यस बर्ष पछिल्लो पटक मात्रै ३५ वटा विद्यालयका लागि १२ करोड रकम आएकोमा कार्कीले बताए । ति मध्ये अझै ४ करोड रकम अपुग रहेको उनले बताए ।


त्यस्तै ३७ वटा विद्यालय र ३० वटा शौचालयका लागि यसैबर्ष निर्माण शुरु गर्ने गरी शुक्रबारमात्रै परिपत्र आएको कार्कीले बताए ।
कतिपय विद्यालयहरु भुकम्पका कारण भत्किएपछि नयाँ भवन निर्माण गर्न नसक्दा जोखिमपूर्ण अवस्थामा रहेको भवनमा बालबालिकालाई राखेर पढाउने समेत गरेको पाइएको छ ।
विद्यालयमा बनाइएका नयाँ भवनहरु भुकम्प प्रतिरोधात्मक रहेका छन् ।
अबको एक बर्षसम्म विद्यालयहरुमा पुननिर्माणको काम सकिसक्ने योजना रहेको कार्कीले बताए ।
पूर्वी र पश्चिम नवलपरासी गरी १५ वटा स्थानीय तह रहेको नवलपरासीमा ८ सय ७२ घरमा पूर्ण क्षति भएको यकिन गरिएकोमा निजी आवासतर्फ पुननिर्माणको काम भने ६० प्रतिशत सकिएको छ भने बाँकीमा पनि पुननिर्माणको काम चलिरहेको छ ।



You might also like
Loading...