राज्यलाई जनमुखी बनाउन माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चाले बुझायो ज्ञापन पत्र

130








राज्यलाई जनमुखी बनाउन माग गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश ४ ले प्रदेश मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश ४ का अध्यक्ष केशबहादुर परियारको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई २३ बुदे ज्ञापन पत्र बुझाएका हुन्।




ज्ञापन पत्र बुझाउदै अध्यक्ष परियारले मागहरु पूरा नगरिए मोर्चा संघर्षमा जान बाध्य हुने चेतावानी समेत दिए । ज्ञापन पत्र बुझाउने क्रममा फेवाताल, बेगनासताल लगायतका तालहरुको संरक्षण, सार्वजनिक जग्गाहरु संरक्षण, बास्तविक सुकुम्बासीहरुको बसोवासको ब्यवस्थापन, उत्तरी नाका कोरला नाकालाई तुरुन्त संचालनमा ल्याइयोस्, प्रदेश स्तरको बसपार्क निर्माण, प्रदेश स्तरमा क्यान्सर, मुटुरोग लगायतका अस्पताल निर्माण कार्य तुरुन्त गरियोस् भन्ने महत्वपूर्ण सुभावहरु समेत प्रतिधिनि मण्डलको तर्फबाट राख्ने काम गरिएको थियो ।

त्यसैगरी देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल ३ नं. प्रदेशले भव्य नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालय हेटौडामा ज्ञापन पत्र बुझाएको छ । मोर्चाका ३ नं. प्रदेशका अध्यक्ष पवनमान श्रेष्ठको नेतृत्वमा नारा जुलुससहित मुख्यमन्त्रीको कार्यालयमा पुगेको टोलीले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरुलाई केन्द्रीत गरी तयार पारिएको २५ बुँदे ज्ञापन पत्र बुझाएको हो । टोलीले मोर्चाले यसअघि प्रधानमन्त्रीलाई बुझाएको ९४ नं. बुँदे ज्ञापन पत्रको कार्यान्वयनका निम्ति पनि प्रदेशमार्फत् प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।



You might also like
Loading...