दाउन्नेमा बस जल्यो, मानवीय क्षति हुन पाएन


नवलपरासी । पूर्वी र पश्चिम नवलपरासीको सिमाना पर्ने दाउन्ने बजारमा बसमा बुधबार साँझ आगलागी भएको छ ।
आगलागीबाट बस जलेर पूर्ण नष्ट भएको छ । नवलपुर प्रहरीका अनुसार मानवीय क्षति भने भएको छैन ।
भारतको दिल्लीबाट नेपालको काठमाडौं आउँदै गरेको युपी ६५ जि टी ००१ नम्बरको बसमा आगलागी भएको हो । इन्जिन तातेर एक्कासी आगो लागेको प्रहरीले जनाएको छ । करिब एक घण्टा लगाएर आगो नियन्त्रणमा आएको थियो ।







सम्बन्धित
Loading...