सामुदायिक विद्यालयहरुमा कम्पयुटर शिक्षा अनिवार्यः कम्प्युटर छ शिक्षक छैन !
गोपी ज्ञवाली
नवलपरासी, २१ बैशाख । सामुदायिक विद्यालयका आधारभुत कक्षाहरुमा सरकारले कम्प्युटर शिक्षा अनिवार्य गरेको भए पनि ती कक्षाहरुमा कम्पयुटर पढाउनका लागि सरकारले शिक्षकको दरबन्दी नदिए पछि कम्पयुटर शिक्षा प्रभावकारी बन्न सकेको छैन ।
सामुदायिक विद्यालयहरुमा सरकारले कम्प्युटर विषय संचालन गरेको भए पनि कम्प्युटर पढाउनका लागि भने दरबन्दी नदिए पछि पश्चिम नवलपरासीका अधिकांश विद्यालयहरुमा नाम मात्रको कम्पयुटर पढने गरेको धान्यान्चल माध्यामिक विद्यालय सुनवलका विद्यालय ब्यावस्थापन समितीका अध्यक्ष सूर्य न्यौपानेले बताए ।
सामुदायिक विद्यालयहरुका कक्ष सात र आठमा कम्पयूटर शिक्षा अनिवार्य गरिएको छ तर कम्पयुटर शिक्षाका लागि सरकारले अहिले सम्म शिक्षकको दरबन्दी नदिए पछि विद्यालयहरुमा कम्प्युटर विषय पढाउने शिक्षकहरुको अभाव रहेको हरपुर माध्यामिक विद्यालय पाल्हीनन्दन गाँउपालिकाका कम्पयुटर पढाउदै आउनु भएका शिक्षक दिनेश कुमार तेलीले बताए ।
प्राथमिक विद्यालयहरुमा नै कम्प्युटर शिक्षा संचालनमा रहेको भए पनि कक्षा ६, ७ र ८ मा भने कम्प्युटर शिक्षा अनिवार्य भएको छ । पश्चिम नवलपरासी जिल्ला भित्र रहेका ३५ वटा विद्यलयहरुमा करिब सबै जसो विद्यालयहरुमा कम्पयुटर विषय पढाउने गरिएको भए पनि शिक्षकको अभाव रहेको सुनवल नगरशिक्षा प्रमुख विष्णु प्रसाद गोतामेले बताए । आधारभुत विद्यालयमा विषयगत शिक्षक नरहेको अवश्थामा कतिपय विद्यालयहरुले कम्पयुटर शिक्षाका लागि निजी स्रोतमा कम्प्यूटर शिक्षक राखेका छन भने कतिपय विद्यालयहरुले शिक्षक नै नराखी कम्पयुटर विषय पढाउदै आएको हरपुर माध्यामिक विद्यालयका कम्पयुटर पढाउदै आउनु भएका शिक्षक तेलीले बताए ।
पाल्हीनन्दन गाँउपालिकाले भने आफनो पालिका भित्र रहेका सामुदायिक र केही निजी गरि करिब दुई दर्जन शिक्षकहरुलाई कम्प्युटर शिक्षणको थत महिना तालिम संचालन गरेको थियो ।
सामुदायिक विद्यालयहरुमा कम्प्युटरका आधारभुत विषयहरु कुनै पनि शिक्षहरुले पढाउदै आएको भए पनि कक्षा आठमा रहेको अनिवार्य कप्युटरमा पढाउन विषय भन्दा बाहिरका अधिकांश शिक्षकहरुलाई समस्या पर्ने गरेको पाल्हीनन्दन गाँउपालिकाका सुचना प्रविधि अधिकृत प्रेम भण्डारीले बताउनु भयो । कक्षा आठ देखी कक्षा १० सम्म पढाउने गरिएको अनिवार्य कम्पयुटर शिक्षा अन्तर्गत एचटिएमएल, क्युवेसिक लगाएतका कोषहरु कम्पयूटर शिक्षा पाएका भन्दा अन्य शिक्षकहरुले पढाउन नसक्ने अवश्था रहेको सुचना प्रविधि अधिकृत भण्डारीले बताए ।
कम्पयुटर शिक्षकका लागि भन्दै पश्चिम नवलपरासीका कतिपय सामुदायिक विद्यालयहरुले विद्याथीहरुसंग मनमानी तरिकाले शुल्क लिने गरेको समेत पाईएको छ ।