उपेन्द्र र बाबुराम बीच पार्टी एकता
कावासोती । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम बीच पार्टी एकता टुंगिएको छ ।
शनिबार भट्टराई र यादवले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै एकता टुंगिएको र बैशाख २३ गते सोमबार पार्टी एकता घोषणा कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा हुने जनाइएको छ ।
एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ । विज्ञप्तिमा पार्टी एकतालाई ऐतिहासिक सहमति भनिएको छ । सवाजवादी पार्टी नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैङ्गिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिको लागि भूमिका निर्वाह गर्ने उल्लेख समेत गरिएको छ ।
प्रेस विज्ञप्ति
