बाटो निर्माणमा अनियमितता: एकअर्काबीच दोषारोपण


परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउपालिका १ मा सडक निर्माणमा कमसल सामग्रीको प्रयोग गरी भ्रष्टाचार गरेको भन्दै एकले अर्कालाई आरोप लगाएका छन् ।
नेपाली कांग्रेसका नेता पूर्व गृहराज्य मन्त्री एवम् हालका सांसद देवेन्द्रराज कंडेलले बाटो निर्माणमा अनियमितता भएको जनाएका छन् । उनको पक्षमा स्वर मिलाउँदै कतिपय स्थानीयले गाउँपालिका अध्यक्ष दीपक गुप्ता, वडाध्यक्ष, उपभोक्ता समितिले अनियमितता गरेको जनाएका छन् ।




सांसद विकास कोषबाट देवेन्द्र कंडेलले करिब ५० लाख र गाउँपालिकाको समेत सहयोगमा निर्माण शुरु गरिएको हो।
स्थानीयले निर्माण अनुगमनमा सम्बन्धित पक्ष नआएको गुनासो समेत गरेको छन् । पूर्व गृहराज्य मन्त्री एवम् सांसद देवेन्द्र कंडेलले बाटो निर्माणमा अनियमितता भएको देखिएकोले पुन शुरु देखि काम गर्नु पर्नेमा जोड दिए। उनले शुक्रबार पत्रकार सम्मेलन गरी यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
धनेवा खोलादेखि शंकरपुर गाँउको सडकमा आरसिसी गर्ने कार्यमा कमसल सामग्री प्रयोग गरेर भ्रष्टाचार गरेको स्थानीयले आरोप लगाएका हुन्। सडकमा बाहिरबाट माटो पुर्नुको साटो सडक वरिपरि करिब डेढ मिटर गहिरो खाल्टो खनी माटो झिकिएको छ ।
गाउँपालिका अध्यक्ष दीपक गुप्ता माओवादी केन्द्रबाट निर्वाचित हुन्। उनले बाटो निर्माणमा कमसल सामग्री प्रयोग नभएको बताए ।
उनले उपभोक्ता समितिमा आफ्नो मान्छे राखेको आरोप आफूलाई लगाइएको भए पनि सरासर त्यो निराधार भएको बताए। उनले भने – माननीय ज्यूले बाटो निर्माण उपभोक्ता समितिमा मेरो मान्छे राख्छु भन्नु भयो र उहाँकै मान्छे राख्नु भयो अनि कसरी मेरो मान्छे हुन्छ ?’
कंडेलले भने आफू अख्तियारसम्म जाने र छानविन गरी छाड्ने जनाएका छन् ।



सम्बन्धित
Loading...