सडक दुर्घटनामा ज्यान गुमाएकाकी श्रीमतीलाई घर हस्तान्तरण

193








कावासोती । सडक दुर्घटनामा श्रीमान गुमाएकी कावासोतीकी एक महिलालाई घर हस्तान्तरण गरिएको छ।
घर हस्तान्तरण तथा आर्थिक सहयोग कार्यक्रममा बोल्दै समाजसेवी विष्णुकुमार कार्कीले आफू जुनसुकै पार्टीप्रति आस्था राख्ने भए तापनि सबैलाई समान रुपले सहयोग गर्न सधै अग्रसर रहने बताए ।
कावासोतीको पाँचकठ्ठाका बासिन्दा देवकी ठाडा मगरलाई आज घर तथा आर्थिक हस्तान्तरण गरिएको हो ।
२०७४ साल मसिर ६ गते सडक दुर्घटनामा ज्यान गुमाएका रोशन बाहादुर ठाडा मगरका श्रीमती देवकी ठाडा मगरको आर्थिक अवस्था कमजोर भएको कारण समाजसेवी विष्णुकुमार कार्की, कर्णेल धन बाहादुर मास्की राना र कालिका नारी विकास मञ्चको सक्रियतामा नयाँ घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।
कालिका नारी विकास मञ्चका अध्यक्ष जोशिला भुजेलको सभापतित्वमा भएको कार्यक्रममा भएको थियो ।
कार्यक्रममा समाजसेवी सुमित्रा खनाल, बाबुराम राना मगर, लिला मास्की राना मगर, दुर्गाबहादुर गुरुङ, लेखनाथ तिवारी, प्रेम राना, तारामाया आले लगायत स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रममा कर्णेल धन बहादुर मास्की राना मगरले विभिन्न सहयोगी दाताहरुबाट संकलन भएको चालिस हजार पचास रुपैैया समेत मगरलाई हस्तान्तरण गरेका थिए।



You might also like
Loading...